अंगिकृत नागरिकलाई राष्ट्र प्रमुख बनाउन सकिँदैन : देउवा

32
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर ४ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अंगिकृत नागरिकलाई कुनै पनि हालतमा राष्ट्रपति र प्रधानमन्त्री बनाउन नसकिने बताउनुभएको छ । पार्टीको सभापतिमा चुनिएपछि पहिलोपटक गृह जिल्ला डडेल्धुरा आउनुभएका देउवाले अंगिकृत नागरिकलाई समेत देशको प्रमुख पदमा पुग्न पाउने व्यवस्था गरिन लागेको भनेर आएका समाचारमा सत्यता नभएको दाबी गर्दै अंगिकृत नागरिक देशको राष्ट्रपति र प्रधानमन्त्री बन्न नसक्ने बताउनुभयो । प्रेस युनियन डडेल्धुराले गरेको पत्रकार सम्मेलनमा पार्टी संसदीय दलका नेता समेत रहेका सभापति देउवाले अंगिकृत नागरिकतामा त्यस्तो अधिकार कसैले नमागेको र दिन पनि नसकिने बताउनुभयो । सभापति देउवाले संविधान संसोधनका मामलामा धेरै विवाद नरहेकाले चाँडै नै संविधान संशोधन हुने विश्वास व्यक्त गर्नुभयो । ‘एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुरा भएको छ, उहाँहरुको धेरै विरोध छैन् ।’ उहाँले भन्नुभयोे, ‘चाँडै संशोधन हुन्छ, मलाई विश्वास छ ।’ उहाँले स्थानीय निकायको चुनाव चैतसम्म गर्ने निश्चित भईसकेको बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here