अख्तियार प्रमुखको नियुक्ती सम्बन्धी सक्कल कागज पेश गर्न सर्वोच्चको आदेश

31
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,१०
लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्त गर्दा भएको निर्णयको सक्कल कागजपत्र पेश गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ । सर्वोच्चका न्यायाधीशत्रय दीपक कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको इजलासले सरकार र सामान्य प्रशासन मन्त्रालयसँग सक्कल कागज शुक्रबार माग गरेको हो। सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीका अनुसार कार्की मुख्यसचिव रहँदा सामान्य प्रशासन मन्त्रालयले सोधेको स्पष्टिकरणसमेत सँगै पेश गर्न सर्वोच्चले निर्देशन दिएको छ । कार्की अख्तियार प्रमुखमा नियुक्त हुन योग्य नभएको दावीसहित अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । कार्कीलाई स्पष्टीकरण पेस गर्ने सम्बन्धमा लेखिएको सामान्य प्रशासन मन्त्रालयको २०६३ चैत ११ को पत्रसहितको सक्कल फायल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट उनलाई आयोगको प्रमुख आयुक्त नियुक्त गर्नेसम्बन्धी निर्णयको सक्कल फायल झिकाई आएपछि कानुनबमोजिम गर्नू भन्ने बेहोराको आदेश छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here