अख्तियार प्रमुख कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल भोलि सकिने

38
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर ४ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने प्रस्तावमाथिको छलफल आइतबार टुङ्गोमा पुग्ने भएको छ । संसदको बैठकपछि शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै सभामुख ओनसरी घर्तीले महाभियोगका विषयमा लामो समयसम्म छलफल गर्नेभन्दा पनि छिटो टुङ्ग्याउन आफूले प्रमुख दलका नेतालाई अनुरोध गरेको जानकारी दिनुभयो । प्रतिनिधिमूलक ढङ्गले कुरा राख्न प्रमुख सचेतकमार्फत सांसदलाई आग्रह गरेको पनि उहाँले जानकारी दिनुभयो । महाभियोग प्रस्तावमाथिको छलफलमा अहिलेसम्म ५१ सांसदले आफ्नो धारणा राखेका छन् भने नाम टिपाएको ३० सांसदले बोल्न बाँकी छ । सभामुखका अनुसार हाल ३३ विधेयक छलफलका क्रममा छन् । प्रमुख विषयमा राजनीतिक दलबिच सहमतिको आवश्यकता रहेको भन्दै सभामुख घर्तीले पछिल्ला दिनमा लगातार भइरहेका बैठकले समेत सहमतिको वातावरण तयार पारेको दाबी गर्नुभयो । सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्तावलाई निष्कर्षमा पु¥याउन ढिलाई भएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबारको संसद बैठकमा बोल्दै सांसदहरुले महाअभियोग प्रस्तावलाई तत्कालि पारित गर्नु पर्ने बताएका छन् । बैठकमा कांग्रेस सांसद राधेश्याम अधिकारीले महाअभियोग प्रस्तावमा ढिलो हुँदै जाँदा नागरिकले आशंका व्यक्त गरेको र संसदीय मर्यादा विपरित भएको हो कि भन्ने प्रश्न उठ्न थालेको बताउनुभयो । एमालेका प्रकाश ज्वालाले कार्कीले संविधान जारी हुन नदिन पनि कार्कीले चलखेल गरेको आरोप लगाउनुभयो । बैठकमा धेरैजसो सांसदले महाअभियोग प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिइरहेपनि मुख्य दलहरुबिच सहमति हुन नसक्दा प्रस्तावमाथिको छलफल लम्बिरहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here