अख्तियार प्रमुख कार्की स्वदेश फर्किए

38
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ३ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की स्वदेश फर्कनु भएको छ । दुबईमा रहेका कार्की इत्तेहाद एयरको विमानबाट बुधबार बेलुकी काठमाडौं आइपुग्नु भएको हो । सर्वोच्च अदालतले प्रमाणसहित अदालतमा उपस्थित हुन आदेश दिए लगत्तै उहाँ एक महिना अघि विदेश जानु भएको थियो । गएको असोज ३ देखि २१ गतेसम्म भ्रष्टाचार निवारणसँग सम्बन्धित निकायको बैठकमा भाग लिन भन्दै क्यानडा जानुभएका कार्कीले अहिले पनि क्यानडामै रहेको भन्दै पटक पटक गरेर कात्तिक १० गतेसम्म बिदा मागेको र राष्ट्रपति कार्यालयले उहाँको बिदा स्वीकृत समेत गरिसकेको छ । क्यानडामै रहेको भन्दै आफ्नो बिदा लम्ब्याए पनि अख्तियार प्रमुख कार्की एक हप्तादेखि दुबईमा हुनुहुन्थ्यो । उहाँ बिचमा एक पटक भारतको राजधानी नयाँ दिल्लीमा समेत आउनु भएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here