अगुरोको ह्याट्रिकमा म्यानचेष्टरको जित

53
Want create site? Find Free WordPress Themes and plugins.

भदौं ३० – च्यापियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा बोरुसिया मोन्सेनग्ल्याटबक्सलाई हराउन म्यानचेष्टर सिटीले सर्जियो अगुरोको ह्याट्रिकले गरे । अगुरोको यो सिजनको यो दोस्रो ह्याट्रिक हो । समूह सि ग्रुपको पहिलो खेलमा म्यानचेष्टर सिटीले बोरुसिया मोन्सेनग्ल्याटबक्समा दबदबा राख्यो । खेलको आठौं मिनेटमा एलेकसेन्डर कालोभराले दिएको क्रस पासलाई अगुरोले गोल गरेका थिए । त्यस्तै २८ औं मिनेटमा म्यानचेष्टरका मिडफिल्डर गुनडोगनलाई डिएरियामा लडाएपछि म्यानचेष्टरले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई गोल गर्दै अगुरोले आफ्नो नाममा दुई लेखाएका थिए । अगुरोले झण्डै ३२ हजार आफ्ना प्यान माझ तेस्रो गोल गर्दै खुसी साटेका थिए । म्यानचेष्टर सिटीका ९१ औं मिनेटमा केलिची हिन्चोले १२ यार्ड टाढाबाट सुन्दर गोल गर्दै खेल समाप्त गरेका थिए । बोरुसिया मोन्सेनग्ल्याटबक्सका गोल रक्षक यान सोमेरले दुई वटा नजिकैबाट गरेका शक्तिशाली सर्टलाई पन्च गर्दै बचाउ गरेका थिए । खेलको म्यान अफ द म्याच तीन गोल गरेका म्यानचेष्टर सिटीका अगुरो भए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here