अज्ञात हतियारधारीले गोली चलाउँदा एकको मृत्यु

37
Want create site? Find Free WordPress Themes and plugins.

असार १ – मंगलबार राति मुगुको माथिल्लो पाटनमा अज्ञात हतियारधारी समूहले अन्दाधुन्द गोली चलाउँदा एकजना यार्सा सङ्कलकको ज्यान गएको छ ।

ज्यान जानेमा माग्री-५ का २४ वर्षका कार्मा नाख्याल रहेको प्रहरीले बताएको छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीदेखि तीनदिन पूर्वउत्तरमा पर्छ ।

घटनास्थल टाढा र सञ्चारविहीन क्षेत्रमा भएकाले घटनामा के कति घाइते भए भन्ने विस्तृत विवरण आउन सकेको छैन ।

राति सुतीरहेका बेला अकस्मात १२/१५ जनाको हतियारधारी समूह आएर अन्धाधुन्दा गोली चलाउँदा सुतीरहेका यार्सा सङ्कलकबीच कोकाहल चलेको बताइएको छ । रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here