अदालतको पटक÷पटकको सुनुवाई र स्थानीय निर्वाचन नजिकनुका कारणले जेठसम्म २५ मिटर नभत्कने आशा

189
Want create site? Find Free WordPress Themes and plugins.

बैशाख,९-
हेटौँडामा बहु चर्चित विषय बनेको २५ मिटर फराकिलो अभियान अब जेठ सम्मको लागि रोकिएको छ । सर्वोच्च अदालतले पटक÷पटक सुनुवाईलाई सार्नु र स्थानीय निर्वाचन नजिकनुले गर्दा अब अभियान जेठसम्म रोकिएको डिभिजन सडक कार्यालय हेटौँडाले जनाएको छ । सडक फराकिलो अभियानबाट अन्यत्र सरेको स्थानीय ब्वसायीहरु समेत अहिले पुन पहिलेको स्थाननमानै फर्केकाछन भने ब्यवसाय समेत सामान्य अवस्थामा रहेको छ । स्थानीय निर्वाचन पश्चात बन्ने स्थानीय सरकारले के निर्णय गर्छ भनेर अहिले २५ मिटर क्षेत्रमा बसोबास गर्नेहरु चर्चा गर्ने गरेका छन् । उता सडक डिभिजन भने राज्यको कानुनमा ब्यवस्था भएको कारण सडक फराकिलो पार्ने अभियान पछि पनि जारी रहने बताउछ । डिभिजन सडक कार्यालयका प्रवक्ता जयराम अधिकारीको अनुसार कर्मचारीहरु पनि स्थानीय निर्वाचनमा केन्द्रीत भैसकेको कारणले अब स्थानीय निर्वाचनसम्म भत्कने संभावना छैन । गत माघ ४ गतेबाट सुरु भएको २५ मिटर अभियानको क्रममा हेटौँडामा स्थानीय प्रशासन र स्थानीयवासीबिच झडप समेत भएको थियो । २५ मिटर सडक विस्तार कार्य रोकिय पनि  अझै पनि व्यवसायिहरु त्रशित नै छन्र ।

साभार  खबरब्रेक डटकम

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here