Want create site? Find Free WordPress Themes and plugins.

फागुन,८-
हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा उत्रने चेतावनी दिएका छन् । सरकारले गत माघ ४ गतेदेखि सुरु गरेको २५ मिटर फराकिलो अभियानले आजबाट निरन्तरता पाएसँगै हेटौँडा बसोबास संरक्षण समिति यस्को विरोधमा लागेको छ । अध्यक्ष न्यौपानेले अदालतको स्टेअर्डर छँदा समेत डिभिजन सडक कार्यालय मकवानपुरले स्थानीयलाई सास्ती खेप्न बाध्य बनाएको आरोप लगाएका छन् । क्षेत्रीय प्रशासक शम्भु कोइराला, प्रमुख जिल्ला अधिकारी नारयण शर्मा  दवाडी मौन रहेनु पनि गैरजिम्मेवारी  रहेको न्यौपानेले बताए ।  संरक्षण समितिले आइतबार साँझ राँके जुलुस प्रदर्शन  गर्न खोज्दा प्रहरिले लाठि चार्ज समेत गरेको छ ।  हेटौँडा बसोबास संरक्षण समितिले भोली सोमबार  मकवानपुर जिल्ला बन्दको घोषणा समेत गरेको छ । भोलीको बन्दले सफलता नपाए यो बन्द अनिश्चत हुने न्यौपानेले दाबी गरेका छन् । उता २५ मिटर क्षेत्रका पिडितले भने राज्यले साँझ ७ बजे आएर भोली बिहान ७ बजे भित्रमा घर खाली गर भनेर आफुहरुलाई धम्क्याएको बताए ।
 →यस्तो छ विज्ञप्ति←

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here