अनसन तोड्न डा. केसीलाई तीन दलका शीर्ष नेताहरुको आग्रह

44
Want create site? Find Free WordPress Themes and plugins.

साउन,२०-

प्रमुख तीन दलका शीर्ष नेताहरुले माथेमा आयोगको प्रतिवेदनको मर्म अनुसार चिकित्सा शिक्षा विधेयक अघि बढाउने भन्दै डा. गोविन्द केसीलाई आमरण अनसन तोड्न आग्रह गरेका छन् । डा. केसी १२ दिनदेखि अनसनरत छन् । अनसनरत डा. केसीका स्वास्थ्य अवस्था कमजोर भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डका साथै संसदीय समिति, स्वास्थ्य मन्त्री लगायतको बैठक बोलाएका थिए । झण्डै ३ घन्टासम्म चलेको बैठकमा संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सदस्यहरुले विधेयकको अवस्थाबारे जानकारी गराएका छन् । लामो छलफलपछि बैठकले माथेमा आयोगको प्रतिवेदनको मर्म अनुसार विधेयक अघि बढाउने भन्दै डा. गोविन्द केसीलाई आमरण अनसन तोड्न आग्रह गरेको छ । विधेयक हाल समितिमा छलफलको क्रममा छ । डा. केसीले भने माथेमा आयोगको प्रतिवेदन र आफ्नो सुझाव अनुसार तत्काल पास गर्न माग गरेका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here