अनुगमनकाे विरोध गर्दै बन्द गरेका जनकपुरका सबै औषधि पसल खुले

28
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२–

अनुगमन विरुद्ध दुई दिनदेखि बन्द जनकपुरका सबै औषधि पसल खुलेका छन् । जिल्ला प्राशासन कार्यालय धनुषा र जनकपुर अञ्चल  औषधि व्यवसायी संघबिच पाँच बुँदे सहमति भइपछि औषधि पसलहरु खुलेका हुन् ।  बिना अनुमति सञ्चालित औषधि पसलहरु तीन मिहनाभित्र कानुनी दायरामा आउने, जनकपुरमा औषधि पसल दर्ताका लागि औषधि व्यवास्था विभागबाट जनकपुरमा शाखा सञ्चालन गर्न स्थलगत समिति बनाउने, औषधि पसलका लागि दक्षजनशक्ति तयार गर्न ओरियनटेशन तालिमको व्यवस्था गर्न पहल गर्ने सहमति भएको छ । त्यस्तै विगतमा अनुगमन समितिबाट भएको त्रुटिपूर्ण अनुगमन आचारसंहिता अनुसार गर्ने र विनादर्ता सञ्चालित औषधि पसलहरु जिल्ला जन स्थास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजश्वसंग समन्वय गरेर सञ्चालन गर्ने लगायतको पाँच बुँदे सहमति भएको जनकपुर अञ्चल औषधि व्यवासयीसंघका सचिव पपुग अग्रवालले जानकारी दिनुभयो  गत पुस २६ गते धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरी  संयोजक रहेको अनुगमन समितिले जनकपुरका निजी स्वास्थ्य संस्था तथा औषधि पसलहरुमा अनुगमन गरेको थियो । त्यस क्रममा अवैद्यानिक रुपमा सञ्चालित आधा दर्जनभन्दा बढी पसलमा तालाबन्दी गरेको थियो । त्यसपछि औषधि व्यवासायीहरुले प्रशासन र अनुगमन समितिले आतंकवादी शैलीमा अनुगमन गरेको विरुद्ध गत पुस २९ गतेदेखि अनिश्चित समयका लागि जनकपुरका सम्पूर्ण औषधि पसल बन्द गरेर आन्दोलनमा उत्रेका थिए । अनुगमनको क्रममा अधिकांश औषधि व्यवासायीहरु पसल बन्द गरेर फरार भएका थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here