अन्तरिम संविधान अनुसार नै स्थानीय निकायको चुनाव गर्नु पर्नेमा कांग्रेसको जोड

24
Want create site? Find Free WordPress Themes and plugins.

पुस,११–

नेपाली कांग्रेसले अन्तरिम संविधान अनुसार नै स्थानीय निकायको चुनाव गर्नुपर्नेमा जोड दिएको छ । पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको बैठकले स्थानीय निकाय गठनको काम अझै बाँकी रहेको र त्यसअनुसार चुनाव गराउन धेरै तयारी गर्नुपर्ने भएकाले पुरानै संरचना अनुसार चुनाव गर्नुपर्नेमा जोड दिएको हो । बजेटको सदुपयोग गर्दै देशको विकास गर्न चुनाव अपरिहार्य रहेकाले कांग्रेस चुनावमा जानुपर्ने पक्षमा उभिएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । अन्तरिम व्यवस्था अनुसार चुनाव गर्न सहज भएकाले कांग्रेसले यलाई जोड दिएको उहाँले बताउनुभयो । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा भएको बैठकले संसदमा भइरहेको अवरोध हटाई संबिधान संशोधन प्रक्रियाअघि बढाउनु पर्ने निर्णय पनि गरेको छ । यसैबिच, राजनीतिक गतिरोध अन्त्यका लागि आज ७ दलका नेताबिच छलफल हुँदैछ । सभामुख ओनसरी घर्तीको पहलमा काँग्रेस, एमाले माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र तराइ मधेस लोकतान्त्रिक पार्टीका शीर्ष नेताबिच छलफल हुन लागेको हो । बैठक दिउँसो ३ बजेपछि सिंहदरबारमा सुरु हुने सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । सिंहदरबारमा पुस ४ गतेको छलफलमा दुई दिनभित्र सहमति खोज्ने बताएपनि तीन दलका शीर्ष नेताले छलफल समेत नगरेका बेला सभामुख घर्तीले सात दलका नेतालाई छलफलका लागि बोलाउनुभएको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here