अन्तिम बलमा जीत निकाल्दै शीर्ष दुईमा नेपालको पकड बलियो

10
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२९-

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तरगत रोमाञ्चक खेलमा नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको छ । केन्याले नेपालसामु १ सय ७८ रनको प्रस्तुत गरेको लक्ष्य नेपालले अन्तिम ओभरको अन्तिम बलमा सफलता पूर्वक पछ्याएको हो । कुनै समय पाँच विकेटको क्षतिमा १६९ रनको अवस्थामा रहेको नेपालले दुई विकेट गुमाउँदै ४९.४ ओभरमा सात विकेटको क्षतिमा १७६ रनको स्थितिमा पुगेको थियो ।  नेपालले क्रमशः ४२ र ४७ रन बनाएर सेट रहेका आरिफ शेख र रोहित कुमारलाई गुमाएपछि दबाबमा परेको थियो । तर, अन्तिमबलमा सोमपाल कामीले २ रन हिर्काउँदै टोलीलाई महत्वपूर्ण जीत दिलाए । यसअघि, १४ रनको स्थितिमा तीन विकेट गुमाएको स्थितिबाट उकास्न कप्तान पारस खड्काले ४२ रनको योगदान दिएका थिए । उनले १९ रन बनाएका शरद भेष्वाकारसँग राम्रो साझेदारी गरे । पारस र

शरदलाई गुमाउँदा नेपालले ५ विकेटमा ८२ रन मात्र बनाएको थियो । तर, त्यसपछि आरिफ र राहितले ८७ रनको साझेदारी गर्दै नेपालको जीतको आधार तय गरे । केन्याका इमानुएल बुन्डीले ३ विकेट लिँदै नेपालको ब्याटिङ धरासायी बनाउने प्रयास गरेका थिए । खेलमा नेपालले टस जितेर केन्यालाई ब्याटिङको निम्तो दिएको थियो । तर, नेपालको अपेक्षाविपरित केन्याले उत्कृष्ट शुरुवात गर्यो । पहिलो विकेटको लागि केन्याले ६५ रनको साझेदारी गर्यो । ओपनर इरफान करिम र एलेक्स ओबान्डाले क्रमशः ४२ र ४१ रन बनाए । कुनै समय केन्याले २ सय रनभन्दा माथिको स्कोर बनाउने देखिएको थियो ।

तर, त्यसपछि भने नेपाली बलरहरुले केन्यालाई खुलेर खेल्न दिएनन् । युवा सेन्सेसन सन्दीप लामिछानेले ५ विकेट लिँदै केन्याको रनमा ब्रेक लगाए ।

१० ओभर बलिङ गर्दै सन्दीपले ५ मेडेन राख्दै मात्र २० रन खर्चेर ५ विकेट लिए । त्यस्तै, सोमपाल कामी, बसन्त रेग्मी र शरद भेष्वाकरले १–१ विकेट लिए । केन्याका लागि अन्त्यतिर सेम एनगोचेले १५ बलमा २३ रन बनाउँदै विस्फोटक ब्याटिङ गरे । त्यस्तै नेल्सन ओधियाम्बोले नट आउट रहँदै २४ रन बनाए । केन्याले निर्धा्रित ५० ओभरमा आठ विकेटको क्षतिमा १७७ रन बनायो । लिगमा नेपालले हालसम्म ३ खेलमा जीत तथा एकमा हार बेहोरेको छ । जीतसँगै नेपालले शीर्ष दुईमा आफ्नो पकड बलियो बनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here