अन एयर मिडिया प्रालीले देश भरका ४० जिल्लामा शाखा विस्तार

560
Want create site? Find Free WordPress Themes and plugins.
असार,२७-
२०६३ सालमा कम्पनि रजिस्टर कार्यालय काठमाडौँ मा बिधिबत रुपमा दर्ता गरि सुरु गरियको अन एयर मिडिया प्राली ले काठमाडौको बागबजारमा केन्द्रिय कार्यालय बनायको छ । मिडियाको भिडमा अन एयर मिडिया प्रालीको बेग्लै पहिचान बनायको छ । नेपाल मा राम्रो भाषण गर्न सक्ने मान्छेको खडेरी लागेका बेला यसको माग पुरा गर्ने उदेश्य का साथ अन एयर मिडिया प्रालीले देश भर भाषण कला तालिम केन्द्र का साखा विस्तार गर्दै छ हाल सम्म काठमाडौँ का १२ स्थान र नेपालका ४० जिल्ला मा साखा पुर्यायको र अत्यधिक मागका कारण चाडैनै यो सेवा देश भर पुर्याउने लक्ष्य बनायको एयर मिडिया प्रा लि का निर्देशक तथा वरिष्ठ उद्घोषण प्रशिक्षक भागिरथ पोखरेलले राजधानीको बागबजार स्थित हार्दिक होटेल मा भयको एक संछिप्त पत्रकार सम्मेलन कार्यक्रम मार्फत जानकारी गराउनु भयको छ । मिठो बोलीले संसारलाई बिजय गर्छ बोल्नेकला तालिम मार्फत सिक्न सकिन्छ ।
उपयुक्त ठाउँमा उपयुक्त विषय महाबाणीको शैलीमा रप्तारमा बोल्न सक्नु पनि एक कला हो । त्यो कला सिकाउने काठमाडौंमा धेरै प्रशिक्षण केन्द्रहरु छन् । तर मिडियाको भिडमा अन एयर मिडिया प्रालीको बेग्लै पहिचान छ । औपचारिक, म्युजिकल कन्सर्ट आदिमा पनि उद्घोषकको माग देश विदेश बाट अधिक मात्रामा हुने गर्छ । अन एयर मिडिया मा अचेल भाषण कलाको तालिम लिन सर्ब साधरण देखि मन्त्रि सम्मका मानिसहरु आउने गर्दछन मानिसहरु आफुमा भएको व्याक्तित्व र रचनात्मक कलालाई अरु माझँमा ब्यक्त्त गर्न असहज मान्नेहरु थुप्रै छन । कस्लाई पो अरुको सामु आफना अभिब्याक्तिहरु सशक्त रुपमा व्यक्त गर्न मन नलाग्ला र ? अधिकाम्श नेता बन्ने राजनीतिमा आफ्नो भबिस्य बनाउने र रास्ट्र प्रेममा लाग्न चाहनेहरुको भावना र चाहना रहन्छ । तर मानिसले सोचे जस्तो सजिलो कहाँ छ र अरु माझँमा आफना भावना र भनाईहरु राख्न ? राजनीति मा लाग्न चाहनेहरुले आफ्नो व्यक्तित्व बिकाश गर्नु अत्यन्तै जरुरि छ । नेताहरुले भाषण गरेको सुन्न लाई थुप्रो भिड लाग्छ त्यो भिड लाइ कसरि आफ्नो पक्षमा पार्ने र कसरि राम्रो बोल्ने भन्ने बोल्ने बक्ताले ध्यान पुर्याउनु अत्यन्तै जरुरि छ उनि भन्छन भाषण गर्ने भनेको खेल्चारिको बिसय होइन । पहिले पहिले भाषण सम्बन्धि तालिम लिने कुनै ठाउँहरु पाउन मुस्किल थियो । आजकल धेरै भाषण कला सिकाउने ठाउंहरु खुलेका छन् तर राम्रो भाषण कला स्थानको भने अझै अभाब छ । यहि अभाब लाई पुरा गर्न अन एयर मिडिया ले देश भर साखा विस्तार गर्ने र सबैलाई बोल्न सक्ने बनाउने उदेश्य राखेको छ। अचेल देश र विदेशका धेरै कार्यक्रममा राम्रो उद्घोषकको अभाब भै रहेको बेला भाषण कला सिक्न बागबजारमा रहेको अन एयर मिडिया इन्स्टिच्युटमा बिद्यार्थी हरु लाइन नै लाग्ने गर्दछन ।
Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here