अपहरणमा परेका फुटबलर मुक्त

46
Want create site? Find Free WordPress Themes and plugins.

जेठ १७ – अपहरणमा परेका मेक्सिकोका एक फुटबलर मुक्त भएका छन् । ग्रिसको ओलम्पिकोस फुटबल क्लबबाट खेल्दै आएका स्ट्राइकर एलन पोलिडो शनिबार बेलुका अपहरणमा परेका थिए । उनलाई स्थानीय समय अनुसार आइतबार बिहान मेक्सिकोको उत्तरपूर्वी क्षेत्रबाट मुक्त गरिएको स्थानीय अधिकारीले बताएका छन् । २५ वर्षका पोलिडोले मेक्सिकाकोको राष्ट्रिय टिमबाट पनि खेल्ने गरेका छन् । उनी एक पार्टीबाट निस्किएर घर नजिक पुगेका बेला स्युदाद भिक्टोरियाबाट अपहरणमा परेका हुन् । मेक्सिकोमा अपहरणका घटना धेरै हुने गरेका छन् । सरकारी तथ्यांक अनुसार एक वर्षमा एक हजार भन्दा धेरै मानिसको अपहरण हुने गरेको छ । तर अरुले भने अपहरणमा पर्नेको संख्या यो भन्दा दश गुणा बढी रहेको बताउने गरेका छन् ।

– एजेन्सीको सहयोगमा

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here