अबदेखि ​संसदमा प्रधानमन्त्री र मन्त्रीहरुसँग सांसदले प्रत्यक्ष प्रश्न गर्न पाउने

28
Want create site? Find Free WordPress Themes and plugins.

पुस,२५–

सांसदहरुले अबदेखि संसद बैठकमा नै प्रधानमन्त्री र मन्त्रीहरुसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न पाउने भएका छन् । संसदको सोमबार बसेको बैठकले प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी आन्तरिक कार्यविधि २०७३ अनुमोदन गरेसँगै सांसदहरुले प्रधानमन्त्री र मन्त्रीहरुसँग प्रश्नोत्तर गर्न पाउने भएका हुन् । यो कार्यविधिलाई तत्कालै कार्यान्वयनमा लैजाने प्रतिवद्धता सभामुख ओनसरी घर्ती मगरले गर्नुभएको छ । कार्यविधि अनुसार महिनामा एक पल्ट प्रधानमन्त्रीसँग र महिनाको दुई पल्ट मन्त्रीहरुसँग प्रश्नोत्तर गर्ने व्यवस्था मिलाउनु पर्ने छ । सांसदहरुले मन्त्रालयसँग सम्बन्धित जरुरी र महत्वपूर्ण विषयमा मन्त्रीहरुसँग प्रश्नोत्तर गर्न सक्नेछन् । यसअघि शुन्य समय तथा विशेष समयमा सांसदहरुले विभिन्न विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउने र ती विषयमा सभामुखले आग्रह गरेपछि मात्र सांसदहरुले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिने व्यवस्था थियो ।

https://twitter.com/SpeakerofNepal/status/818373068791783424?ref_src=twsrc%5Etfw

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here