अमेरिकाको एक सपिङ मलमा बन्दुकधारीको आक्रमण, तीनको मृत्यु

86
Want create site? Find Free WordPress Themes and plugins.

८ असोज, काठमाडौं । अमेरिकाको वार्लिङटनको एक सपिङ मलमा बन्दुकधारीले हमला गर्दा तीन जनाको ज्यान गएको छ । अर्का एक गम्भिर घाइते छन् ।
प्रहरी पहिले बन्दुकधारीको आक्रमण बाट मर्नेको संख्या चार बताएको थियो । तरपछि मृत घोषणा गरिएको व्यक्ति गम्भिर घाइते रहेको प्रहरीले जनाएको छ । प्रहरीले साथमा राइफल रहेको हमलावरको खोजी भइरहेको बताएको छ । प्रहरीले संदिग्ध एकको तस्वीर सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।
समाचार एजेन्सी एपीले वाशिंटन स्टेटको ट्वीटर सन्देशलाई उदृत गर्दै शुक्रबार सियेटल सहरबाट ६५ किलोमिटर पर माँलमा भएको गोली प्रहारबाट दुई जना घाइते भएको जनाएको छ । प्रहरीले राति करिब ८ बजे चिकित्सकको टोलीसहित माँल पुगेर घाइतेको उपचार गरेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here