अर्काको एटिएमबाट पैसा निकाल्ने तीन रोमानियाली पक्राउ

57
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक,२२

एटिएमको पिन नम्बर चोरी गरी अन्यको खाताबाट रकम निकालेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिआइबी तीन रोमानियाली नागरिकलाई पक्राउ गरेको छ । तीन रोमानियाली नागरिकहरु घिता, इयोसिस र एलेक्सलाई ठमेलबाट पक्राउ गरिएको सिआइवीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । उनीहरुले अन्य ब्यक्तिको पिन नम्बर चोरी गरी बैंकबाट पैसा निकाल्ने गरेको आरोप लागेको छ । इन्भेष्टमेन्ट बैंकबाट निकालिएको रकम संकास्पद देखिएपछि बैंकले प्रहरीलाई खवर गरेको थियो । अनुसन्धानपछि तीन अभियुक्तलाई पक्राउ गर्न सफल भएको सिआइवी प्रमुख डिआइजी नवराज सिलवालले जानकारी दिए । अभियुक्तहरुले इन्भेष्टमेन्ट बैंकबाट एकैचरणमा १० पटकभन्दा बढी रकम निकालेको देखिएपछि इन्भेष्टमेन्ट बैंक सजग भएको थियो । उनीहरुको साथबाट ३ लाख नेपाली रुपैयाँ, १० हजार युरो र ४७० फिलिपिनी मुद्रा बरामद गरिएको छ । त्यस्तै उनीहरुबाट हिडन क्यामरा र एटिएमको डाटा चोरी गर्ने उपकरणहरु बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here