अर्का एक नक्कली डाक्टर पक्राउ

35
Want create site? Find Free WordPress Themes and plugins.

२४ फागुन, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी डाक्टर बनेका अर्का एकजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

धनुषा जनकपुर ९ का ३२ वर्षीय प्रदिपकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । उनले नेपाल मेडिकल काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा दिनको लागि बिहार इन्टर मेडियट एजुकेशन काउन्सिलबाट प्रविणता प्रमाणपत्र तह उतीर्ण गरेको भनि नक्कली प्रमाणपत्र पेश गरेको प्रहरीको आरोप छ । उनले यही प्रमाणपत्रका आधारमा चीनबाट एमविविएस अध्ययन गरी ्इन्र्टनशीप समेत गरी सर्वसाधारण मानिसहरू उपचार गर्ने गरेको प्रहरीको आरोप छ ।

नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा पटक पटक सहभागी भई अनुतिर्ण भएपछि यस पटकको परीक्षामा सहभागी हुन आएका गुप्ता प्रहरीको फन्दामा परेका हुन । उनलाई नेपाल मेडिकल काउन्सिल ऐन २०२० को दफा २६ र २७ अनुसार आवश्यक अनुसन्धान प्रक्रिया सुरू गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि पनि एक दर्जनभन्दा बढि नक्कली डाक्टरलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here