अर्जेन्टिना चुक्यो पेनाल्टीमा , चिलीद्वारा उपाधि रक्षा

110
Want create site? Find Free WordPress Themes and plugins.

१३ असार, काठमाडौं । अर्जेन्टिनालाई फेरि टाइब्रेकरमा पराजित गर्दै चिलीले कोपा अमेरिकाको उपाधि रक्षा गरेको छ ।
सोमबार विहान भएको फाइनल खेलको निर्धारित ९० मिनेटमा र थपिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकियो । र, खेलको निर्णय टाइब्रेकरबाट लिइयो ।
जसमा ४-२ को जित हात पार्दै चिलीले समूह चरणको पहिलो खेलमा व्यहोरेको हारको मिठो बदला लिएको छ । साथै अर्जेन्टिनाले नै सन् १९४६ र १९४७ मा लगातार उपाधि जितेर बनाएको रेकर्डसँग बराबरी गरेको छ ।
अर्जेन्टिनाका गोलकिपरले चिलीका भिडालको प्रहार रोके । लगतै अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीको पेनाल्टी आकासियो ।
चौथो पेनाल्टीमा चिलीका गोलकिपर ब्राभोले बिगलिआको प्रहार रोके भने । उसका सिल्भाले गोल गर्दै ४-२ को जित दिलाए ।
यसअघि निर्धारित समयको खेलको चिली २८ औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो । उसका मार्सेलो डियाजले रोतो कार्ड पाए । तर, पहिलो हाफको अन्त्यतिर अर्जेन्टिना पनि १० खेलाडीमा सिमित हुनपुग्यो । उसका रोजोले रातो कार्ड पाएका थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here