अर्थमन्त्री महरा अमेरिकाबाट फर्किए

19
Want create site? Find Free WordPress Themes and plugins.

असोज,२४

उपप्रधानमन्त्री कृष्णबहादुर महरा संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा सम्पन्न विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिएर सोमबार स्वदेश फर्किएका छन् । स्वदेश फर्केपछि  विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री महराले विश्वभरि रहेको गरिबी र असमानताको अन्त्य तथा नेपालको विकास र पुनः निर्माणका सहयोगका क्षेत्रका विषयमा आफूले सम्बोधन गरेको बताए । उनका अनुसार दातृ निकायले नेपाल सरकारले भूकम्पपीडितलाई निजी आवास बनाउन दिने भनिएको थप एक लाख कसरी वितरण गर्ने भन्नेबारेमा जिज्ञासा राखेका थिए । भूकम्पपछिको पुनःनिर्माणको प्रगतिको अवस्थाबारे जानकारी गराई थप सहयोगका लागि आह्वान गरिएको जनाउँदै यसबाट आपसी विश्वासको वातावरण तय भएको महराले बताए । वार्षिक बैठकमा विश्वका १७९ मुलुकका प्रतिनिधि सहभागी थिए । सोक्रममा विश्व बैंक, एशियाली विकास बैंक र अन्य आर्थिक क्षेत्रका संस्थाका उच्चस्तरीय प्रतिनिधिसँग अनौपचारिक भेटवार्ता भएको थियो ।   भविष्यमा द्वीपक्षीय छलफलबाट थप सहयोगबारे ठोस निर्णय हुने अर्थमन्त्री महराले जानकारी दिए । बैठकमा नेपालका तर्फबाट नेतृत्व गर्दै महरा असोज १८ गते अमेरिका गएका थिए । अर्थमन्त्री महराका साथ अर्थसचिव शान्तराज सुवेदी, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल,  प्रमुख स्वकीय सचिव हिमाल शर्मालगायत सहभागी थिए । अमेरिकास्थित नेपाली दूतावासबाट चार उच्च कर्मचारीले पनि बैठकमा भाग लिएका थिए । रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here