अल्फा बिटा अन्तरकलेज फुटसलको उपाधि टाइम्सलाई

18
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,८-

अन्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि टाइम्स कलेजले जितेको छ । शंखमुलस्थित शंखमुल फुटसल मैदानमा शुक्रबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा आइडिएल कलेजलाई ६-५ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि बिजेता टाइम्सका लागि विवेक गुरुङले २ गोल गर्दा सन्तोष महत, अनिश कार्की, अनिल खड्का र आशिष सुनामले एक एक गोल गरे । यता आइडिएलका लागि उर्केन शेर्पाले २ गोल गरे भने सागर स्याङतान, अमित लामा र सुरज जेउ ठकुरीले १ गोल गरे ।

उपाधिसँगै टाइम्स कलेजले १ लाख पुरस्कार पायो भने आइडिएलले ६० हजारमा चित्त बुझायो । आजै भएको सेमीफाइनलमा आइडिएलले साइपाललाई ३-२ र टाइम्सले काञ्जिरोवालाई ४-१ गोलले हराउँदै उपाधि भिडण्त तय गरेका थिए । तेस्रो स्थानका लागि भएको खेलमा साइपालले काञ्जिरोवामाथि ९-० गोलको फराकिलो जित निकाल्दै तेस्रो स्थानमा रहेर ४० हजार पुरस्कार पायो । साइपालका लागि मुकेश तामाङ एक्लैले ४ गोल गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी आइडिएल कलेजका सुरज जेउ ठकुरी चुनिए । उनले १० हजार पुरस्कार पाए । प्रतियोगिताभर ११ गोल गरेका साइपाल कलेजका मुकेश तामाङले पनि सर्वाधिक गोलकर्ताका रुपमा १० हजार पुरस्कार पाए । तीन दिनसम्म चलेको प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ कलेजका टोलीहरुको सहभागिता थियो । पुरस्कार बिजेतालाई युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले पुरस्कार वितरण गरे ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here