अवरुद्ध कोसी राजमार्ग खुल्यो

40
Want create site? Find Free WordPress Themes and plugins.

असार १० – गर्जुवा खोलामा आएको बाढीले अवरुद्ध भएको कोसी राजमार्ग खुलेको छ । सडक डिभिजन कार्यालयको डोजरको सहायताले बालुवा र लेदो पन्छाएपछि सडक खुलेको हो ।

शुक्रबार विहान ७ बजेदेखि ठूलो वर्षापछि आएको बाढीले धनकुटाको महाभारत–४ स्थित गर्जुवा खोलाको पक्की पुल पुरिएको थियो । राजमार्ग अवरुद्ध भएपछि धरानबाट भोजपुर, संखुवासभा, तेह्रथुम र धनकुटा जिल्ला गुड्ने सयाँै गाडी गर्जुवा खोलामै अलपत्र परेका थिए ।

डोजरले बालुवा पन्छाउन छाड्ने बित्तिकै सडकमा बालुवाको थुप्रो लाग्ने गरेकोले राजमार्ग कतिबेला बन्द हुन्छ टुंगो नभएको डिभिजन सडक कार्यालयका सुपरभाइजर अमृता राईले बताउनुभयो ।

गर्जुवा खोलाको मुहानमा पहिरो गएकाले ठूलो पानी पर्ने बित्तिकै बाढी आउने र बालुवाले सडक पुर्ने समस्याले यो वर्ष मात्रै आठ पटक राजमार्ग अवरुद्ध भइसकेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here