अविरल वर्षाले रौतहटको जनजीवन अस्तव्यस्त, महेन्द्र राजमार्ग बिहानैदेखि अवरुद्ध

12
Want create site? Find Free WordPress Themes and plugins.

साउन,२९-

अविरल बर्षाको कारण रौतहटको जनजीवन अस्तब्यस्त भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गका साथै जिल्लाका अधिकांश ग्रामिण सडकहरु समेत अवरुद्ध भएको छ ।  पछिलो ४० घन्टा भन्दा बढी समयदेखि  परेको बर्षाले महेन्द्र राजमार्ग अन्तरगत चन्द्रपुरको जुुडिबेला छेउ लचकामा पानी बढेकाले आज बिहान छौ बजेदेखि सम्पुुर्ण यातायात अवरुद्ध भएको हो । लचका छेउमा बिहानै फँसेको दुुईवटा गाडीलाई प्रहरीले निकालेको छ । बंकुल कोपवा बीचको नहरको पुुल, देवाहीबाट सोनरनिया हुँदै  हरनहिया जाने बाटो र त्यहाँ रहेको पुुल बाढीले बगाएको छ । बाटो र पुुल बगाए पछी देवाहीबाट मौलापुर, बंकुलबाट कोपवा,तथा मौलापुरबाट बारातर्फ जाने सडक आज अवरुद्ध भएको छ ।

बर्षाको पानी सडक सतहदेखि माथी सम्म बगिरहेकाले जिल्लाको पुुर्वीभेग समनपुर,मत्सरी,मध्यभाग कटहरिया तथा पश्चिमीभेग बिजयपुुर, बंकुल, दुअिवा, बडहरवालगायतका क्षेत्रमा पनि यातायात सञ्चालन हुन सकेको छैन । पानीको तीब्र बहावले गरुडाछेउ झाँझपुल नजिकै दुुईवटा बिद्युुतको पोल ढलेपछि दक्षिणीभेगमा  विद्युत सेवा समेत अवरुद्ध भएको छ । बर्षाको पानीले पुुर्वीभेग मत्सरी,सरुअठा,मलहिनिया,समनपुुर, पश्चिमीभेग देवाही, करुनिया, जिंगडवा, मर्यादपुर, ईनरवा, मटिअर्वा, कटहरिया, कर्कचकर्मैया, भसेढवा, बडका बडेरवा, फतुुआ, हर्षाहा, लक्षमिनिया, सितलपुर, बरगिनियतलगायत चारदर्जन बढी गाँउ डुुबानमा परेको छ । गरुडा नपा चार मलहिनिया लगायतका गाँउको चारैतर्फ पानी जमेकाले टापुु सरह बनेको छ । डुुबानमा रहेका अधिकांस घरहरुमा पानी पसेकाले घर परिवारका मानिस हिजो राती देखी खाना समेत खान नसकेको भसेढवाका स्थानिय राजुु उपाध्यायले बताएका छन । सिडिओ उद्धव बहादुुर थापाले अविरल बर्षापछि उत्पन्न बिपतपछिको राहत र उद्दारमा नेपाल प्रहरी,सशस्त्र प्रहरी तथा नेपाली सेनाका टोली युुद्धस्तरमा खटीरहेको बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here