अष्टेलिया जादै भद्रगोल टिम

87
Want create site? Find Free WordPress Themes and plugins.

अष्टेलियामा कलाकारको ओइरोका बिचपनि फरक प्रस्तुती र अलग धारले प्रवासीहरुको मन जित्ने गर्छ ।

अस्ट्रेलिया यतिखेर थुप्रै खोले कार्यक्रमको ओइरो लागेको छ तर यस्तो भिडभाडवाट अलग रहेर पनि हसाउने र हास्नेको भिडमा आयोजना हुन लागेको अष्टेलियामा भद्रगोल नामक हांस्य कार्यक्रमको लोकप्रियताले अलग पहिचान बनाएको छ ।

अष्टेलियाबासी नेपालीहरू हामीलाई हेर्न जति प्रतिक्षारत हुनुहुन्छ त्यो भन्दा बढी उहाँहरूलाई भेट्न हामी आतुर छौं, शुक्रबार राती अष्टेलिया उड्न लागेका पांडे अर्जुन घिमिरे र जिग्री कुमार कट्टेलले अनलाइनखबरसँग भने । मलेसिया हुँदै यो समूह शनिबार अष्टेलिया झर्ने छ ।

बले, कक्रोज, पाडे र जिग्रीको साथमा रुन्चे गायकको रुपमा चिनिने प्रकाश पौडेलको अस्ट्रेलिया भ्रमणमा हिडेका छन् । आयोजक आरकेएसको प्रस्तुती र इपी माइग्रेसनको सहयोगमा आयोजना हुन लागेको कार्यक्रम अस्ट्रेलियामा भद्रगोल यहाँका दर्शकको रोजाइमा पर्ने निश्चित छ ।

भद्रगोलको टोलीले मेलर्वर्नमा जुन २६, ब्रिसबेनमा जुलाइ ३, तास्मानियामा जुलाइ ६ र सीड्नीमा जुलाइ ९ मा कार्यक्रम गर्ने भएको छ । हास्यब्यंगमा छुट्टै पहिचान बनाएको भद्रगोलको यो टोली शनिबार अस्ट्रेलियाको मेलवर्न आइपुग्ने कार्यक्रम छ ।

कार्यक्रमबारे प्रकाश पार्दै आयोजक आरकेएसका रबिन्द्र शर्माले भने, बिदेशमा बस्ने नेपालीका लागि हास्यरसको छुट्टै महत्व भएकोले यो कार्यक्रम सबै नेपालीका लागि महत्वपूर्ण हुने बिश्वास लिएको छु ।’

कार्यक्रमका लागि भिषा र अन्य सहयोगी संस्था इपी माइग्रेशनका खिलेन्द्र तिम्सीनाले भद्रगोल सबैको प्यारो कार्यक्रम भएकोले अस्ट्रेलियामा यसलाइ सबैले मनपराउने दाबी गरे ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here