अष्ट्रेलियाले इंल्याण्डलाई ७ विकेटले हरायो

19
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२७- 

इंल्याण्डसँगको दोस्रो टि–ट्वेन्टी क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । ट्रान्स तासमान त्रिदेशीय सिरिजको तेस्रो खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ७ विकेटले हराएको हो । अष्ट्रेलियाको मेलबर्नमा पहिले ब्याटिङ गरेको इंल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । १ सय ३८ रनको लक्ष्य अष्ट्रेलियाले १४ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेटायो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ३९ रन बनाए ।

यस्तै डिजेएम सर्टले  नटआउट ३६ रन बनाए भने एरोन फिन्चले पनि नटआउट २० रन बनाए । म्याक्सवेलले यसअघिको इंल्याण्डसँगको खेलमा नटाआउट १ सय ३ रन बनाएका थिए । आज इंल्याण्डलाई १ सय ३७ रनमा समेट्न अष्ट्रेलियाका रिचर्डसनले ३ विकेट लिए । न्यूजिल्याण्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको त्रिदेशिया सिरिजका ७ वटा खेलमध्ये अहिलेसम्म भएका ३ वटै खेल अष्ट्रेलियाले जितेको छ । अष्ट्रेलियाले पहिलो खेलमा न्युजिल्याण्डलाई ७ विकेटले र दोस्रो खेलमा इंल्याण्डलाई ५ विकेटले हराएको थियो । चौथो खेल आगामी मंगलबार न्यूजिल्याण्ड र इंग्ल्याण्डबीच हुनेछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here