अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृङ्खलामा इंग्ल्याण्ड विजयी

14
Want create site? Find Free WordPress Themes and plugins.

माघ,७–

अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृङ्खला इंग्ल्याण्डले जितेको छ । आइतबार भएको तेश्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई १६ रनले हराउँदै इंग्ल्याण्डले दुई खेल अगावै एकदिवसीय श्रृङ्खला ३–० ले जितेको हो । इंग्ल्याण्डले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८६ रनमै सिमित भयो । उसका लागि आरोन फिन्चले ६२, मार्कुस स्टोइनिसले ५६ र मिचेल मार्सले ५५ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । यसअघि अष्ट्रेलियाको सिड्नीमा टस हारेर पहिले व्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो । उसका लागि जोस बट्लरले अविजित १ सय र क्रिस ओक्सले अविजित ५३ रन बनाए । जोनी ब्रेष्टोले ३९ रन बनाएर आउट भए । एसेज श्रृङ्खला अन्तर्गतको पाँच खेलको टेस्ट श्रृङ्खला भने अष्ट्रेलियाले दिएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here