असोज १४ गते हेटौँडामा ‘ शिक्षाका लागि संगित ’ भन्ने नाराका साथ बृहत साँस्कृतिक कार्यक्रम हुने

59
Want create site? Find Free WordPress Themes and plugins.

 भदौ,१७
भुकम्प पिडित विद्यार्थीहरुको शैक्षिक एवं अन्य सहयोगको लागि गोल्डेन स्टार इन्टरटेन्मेन्ट गु्रप र हेटौँडाका क्षेत्र नं २ का सम्पुर्ण लियो क्लबहरुको संयुक्त आयोजनामा यही असोज १४ गते हेटौँडामा ‘ शिक्षाका लागि संगित ’ भन्ने नाराका साथ बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । शुक्रबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै बृहत साँस्कृतिक कार्यक्रम आयोजकले सो जनाएको हो । गत २०७२ सालमा गएको विनाशकारी भुकम्पमा परी पिडित भएका विद्यार्थीहरुको छात्रवृती एवं अन्य सहयोगको लागि साँकृतिक कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक किशोर कुमार टण्डनले बताए । साँस्कृतिक कार्यक्रमसँग मकवानपुर जिल्लामा रहेर शिक्षा र संगितमा योगदान पु¥याउने केही व्यक्तित्वलाई सम्मान पनि गरिने टण्डनले बताए । मकवानपुर बहुमुखी क्याम्पसको प्राङ्गणमा हुने उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरु द एक्स व्याण्ड , सुगम पोख्रेल , शिव परियार , गिरिश खतिवडा , मेलिना राई , वद्रि पंगेनी , कोशीस क्षेत्री , डिजे असिम र स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएको छ । कार्यक्रमको प्रचारप्रसार स्वरुप आयोजकले विविध अन्य कार्यक्रमहरुको आयोजना गर्ने बताइएको छ । कार्यक्रममा लायन्सका तारा धमला , सन्तोष साह , परमेश्वर पौडेल , शुलभ अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here