असोज १६ गतेदेखि २१ गतेसम्म नयाँ नोट साट्न पाइने

42
Want create site? Find Free WordPress Themes and plugins.

२० भदौ,

यो दशैं/तिहारमा तपाईंले ३७ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउनु हुने भएको छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि प्रतिव्यक्ति ३७ हजार रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउने जनाएको छ । गत वर्ष एक व्यक्तिले २२ हजार रुपैयाँ मात्रै नयाँ नोट साट्न पाउँथे । असोज १६ गतेदेखि २१ गतेसम्म काठमाडौं उपत्यकामा भए थापाथलीस्थित राष्ट्रको कार्यालय र उपत्यका बाहिरका राष्ट्र बैंकका पाँच वटै कार्यालयहरुमा सर्वसाधारणले नयाँ नोट साट्न पाउने छन् । एक व्यक्तिले ५, १०, २०, ५० र १०० का दुई/दुई प्याकेट नयाँ नोट साट्न पाउने राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । पूर्वकर्मचारीहरुलाई भने राष्ट्र बैंकले ५९ हजार रुपैयाँ बराबरका नयाँ नोट सहटी सुविधा उपलब्ध गराउने जनाएको छ । पण्डितकाअनुसार ५, १०, २०, ५० र १०० रुपैयाँका एक/एक बण्डल उपलब्ध गराइनेछ । गत वर्ष भने भूतपूर्व कर्मचारीलाई ५५ हजार रुपैयाँ मात्रै उपलब्ध गराइएको थियो ।बैंक तथा वित्तीय संस्थाहरुले भने राष्ट्र बैंकबाट असोज ९ गतेदेखि असोज १४ गतेसम्म नयाँ नोट साट्न पाउनेछन् । दशैंका लागि आवश्यक पर्ने पर्याप्त नयाँ नोटको व्यवस्था गरिएको सहायक प्रवक्त पण्डितले जानकारी दिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here