अस्पताल टाढा हुँदा सुत्केरी महिलाको मृत्यु

27
Want create site? Find Free WordPress Themes and plugins.

भदौ १७ – अत्याधिक रक्तस्रावका कारण जाजरकोटमा एक महिलाको ज्यान गएको छ । ५ महिनामै गर्भ तुहिएपछि भएको रक्तस्राव रोक्न नसक्दा पजारु-३ की १९ वर्षकी रमिता बुढाको ज्यान गएको हो । धेरै रगत बगेपछि पजारुकै सेराखेरमा रहेको स्वास्थ्य चौकी लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि नेपालगन्ज ल्याउने क्रममा ज्यान गएको श्रीमान खुमबहादुर बुढाले बताउनुभयो । ‘रक्तस्राव रोक्ने मात्र सेवा समयमा पाउन सकेको भए श्रीमतीको ज्यान जाने थिएन’ उहाँले भन्नुभयो । उपचार अभावमा जाजरकोट नायकवाडाकी एक सुत्केरीको मृत्यु भएको तीन साता नबित्दै जिल्लामा अर्की सुत्केरी महिलाको समयमा उपचार नपाउँदा ज्यान गएको हो । तर स्वास्थ्य चौकीमा प्रसुती गृह र आवश्यक उपकरण नभएकाले अकालमा ज्यान गुमाउनु परेको स्थानीय बासिन्दाको भनाई छ ।  स्वास्थ्य चौकीका इन्चार्ज विष्णु गिरीले सुत्केरीको शरिरबाट धेरै रगत बगिसकेकोले बचाउन नसकिएको बताउनुभयो । स्वास्थ्यचौकीमा भएको औषधीले रक्तस्राव पनि नरोकिएपछि नेपालगञ्ज रिर्फर गरिएको ईन्चार्ज गिरीले बताउनुभयो । ‘सुरुमा अवस्था सामान्य नै थियो समयमै रक्तस्राव रोकेर रगत दिन सकेको भए उनको ज्यान जाने थिएन’ स्वास्थ्यकर्मी गिरीले भन्नुभयो, ‘तर के गर्ने भौगोलिक विकटताले थप समस्या भयो ।’ त्यहाँबाट नेपालगञ्ज लैजान झण्डै ६ घण्टा पैदल र गाडीमा ६ घण्टा गरी एक दिनको समय लाग्ने गर्दछ । स्थानीय बागेश्वरी उच्च माध्यामिक विद्यालयमा ११ कक्षामा पढ्ने रमिताको गएको वर्ष मात्र विवाह भएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here