आइएफजेले सरकारले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको उल्लंघन गर्न खोजेको भन्दै आपत्ति

33
Want create site? Find Free WordPress Themes and plugins.

असार ३ – अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफजेसरकारले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको उल्लंघन गर्न खोजेको भन्दै विरोध जनाएको छ ।

शुक्रबार विज्ञप्ति निकालेर आइएफजेले सरकारले केही दिनअघि जारी गरेको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ ले अनलाइन मिडियाको प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको हो । सरकारले पारित गरेको निर्देशिका तत्काल फिर्ता लिन पनि सरकारसँग उसले माग गरेको छ ।

सरकारले गएको मंगलबार पारित गरेको आमसञ्चार सञ्चालन निर्देशिका २०७३ मा सवै अनलाइनहरु सूचना विभागमा दर्ता हुनुपर्ने तथा वार्षिक रुपमा नविकरण गर्नुपर्ने र नविकरण नगरिए दर्ता खारेजसम्म गर्न सकिने प्रावधान छ ।

त्यस्तै आधिकारिक श्रोतबाट पुष्टि नभई समाचार प्रकाशित गरे अनलाइनको दर्ता खारेज गर्न सक्ने प्रावधान पनि निर्देशिकामा राखिएको र यो प्रेस स्वतन्त्रता विरुद्ध भएको आइएफजेले जनाएको छ ।

यो निर्देशिमामार्फत सरकारले मिडियालाई नियन्त्रण गर्न चाहेको देखिएकाले तत्काल निर्देशिका फिर्ता लिन पनि अन्तर्राष्ट्यि पत्रकार महासंघ आइएफजेले सरकारलाई आग्रह गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here