आउँदो वर्ष डुअल सिमयुक्त आइफोन

21
Want create site? Find Free WordPress Themes and plugins.

एप्पलको आइफोन भलै अत्याधुनिक फिचरयुक्त फोन किन नहोस् तर यसका प्रयोगकर्ताहरुले अन्य स्मार्टफोनमा जस्तो डुअल सिम फिचर मिस गरिरहनु परेको छ । तर आइफोन प्रयोगकर्ताका लागि एउटा खुसीको खबर आएको छ । अब आइफोनमा पनि दुईवटा सिमकार्ड हालेर चलाउन पाइने दिन धेरै टाढा छैन । समाचार अनुसार, एप्पलले आफ्नो आगामी संस्करणको आइफोनमा डुअल सिम फिचर थप गर्नेछ । चर्चित विश्लेषक मिंग ची कुओले आफ्नो एक नोटमा आगामी वर्ष सन् २०१८ मा आउने आइफोनका सबैखाले मोडेलमा डुअल सिम फिचर हुने दाबी गरेका छन् ।

अझ खुसीको कुरा के त भने आइफोनमा दुबै सिममा एलटीई कनेक्टिभिटी हुनेछ । जबकि अहिलेसम्मका डुअल सिमवाला स्मार्टफोनमा एक सिममा एलटीइ र अर्कोमा थ्री जी हुने गरेको छ । उनले लेखेका छन्, ‘सन् २०१९ मा आउने आइफोनका मोडलमा केवल तीव्र गतिको एलटीइ ट्रान्समिसन स्पीड मात्र हुनेछैन डुअल सिम स्टाण्डबाई फिचर पनि उपलब्ध हुनेछ । यी फोनहरुमा LTE+3G  को साटो LTE+LTE  कनेक्सनको सुविधा हुनेछ ।’ एलटीई टेक्नोलोजीको प्रयोगले एप्पलको कनेक्टिभिटी फिचर अझै बढि तीव्र हुनेछ । कुओले भनेका छन्, ‘हाम्रो विश्वास छ कि २०१८ मा आउने नयाँ आइफोनमा बेसब्याण्ड चिपलाई अपग्रेड गरी इन्टेलको एक्स एम एम ७५६० अथवा क्वालकोम एसडीएक्स २० को प्रयोग गरिनेछ । किनकि दुबै चिपले 4*4 MINO  टेक्नोलोजी सपोर्ट गर्दछन् । त्यसैले इन्टरनेट स्पीडले फड्को मार्ने निश्चित छ ।’

एजेन्सीको सहयोगमा

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here