आगामी नयाँ वर्षमा मेलम्चीको पानी काठमाडौं ल्याइसक्न प्रधानमन्त्रीको निर्देशन

26
Want create site? Find Free WordPress Themes and plugins.

असोज,७ – प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको अगामी नयाँ वर्षसम्म सकिसक्न निर्देशन दिनुभएको छ । शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनपछि प्रधानमन्त्री दाहालले वैशाख १ गतेभित्र मेलम्चीको पानी काठमाडौं ल्याइसक्न निर्देशन दिनुभएको हो । काठमाडौंमा पानीको हाहाकार भएकाले निर्धारित समयभन्दा पहिलानै आयोजना सम्मपन्न गर्न निर्देशन दिएको बताउनुभयो । त्यस्तै प्रधानमन्त्री दाहालले स्थानीयवासीले माग गरेभन्दा पनि बढी खानेपानीको रोयल्टी दिइने आश्वासन दिनुभयो । कार्यक्रममा सांसद अग्निप्रसाद सापकोटाले आयोजना ढिलाइ स्थानीयवासीको कारणले नभएको उल्लेख गर्दै प्रणाली कायम भएमा काम गर्न सहज हुने बताउनुभयो । सांसद शेरबहादुर तामाङले खानेपानी पठाएबापतको रोयल्टीप्रति प्रतियुनिट पाँच रुपैयाँ हुनुपर्ने र सुरुङको मुख्य केन्द्रसम्म पुग्ने सडकको कालोपत्रे हुनुपर्ने माग गर्नुभयो । २३ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ लागतमा आर्थिक वर्ष २०५५/०५६ सालदेखि सुरु भएको यो आयोजनाको आर्थिक वर्ष २०७४/०७५ मा सम्पन्न गर्ने लक्ष्य छ । दैनिक ५१ करोड लिटर खानेपानी राजधानी भित्र्याउने लक्ष्य रहेको यो आयोजनाको अझै सात किलोमिटर सुरुङ निर्माणको काम बाँकी छ । अहिलेसम्म आयोजनाको २० दशमलव ९७ किलोमिटर सुरुङको काम सम्पन्न भएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here