Want create site? Find Free WordPress Themes and plugins.

फागुन,१२-
डिभिजन सडक कार्यालय हेटौँडाले जारी राखेको सडक फराकिलो पार्ने अभियान आजबाट तीन दिनको लागि स्थगित गरेको छ । शिवरात्री तथा मेसिन मर्मतको लागि भन्दै डिभिजन सडकले आज, भोली र पर्सीको लागि सडक विस्तार रोक्ने जनाएको हो । सडक विस्तारको विषयमा डिभिजन सडक कार्यालय हेटौँडाका प्रवक्ता जयराम लामिछानेले सडक विस्तार पुर्ण रुपमा नरोकिएको तर शिवरात्री र मेसीन मर्मत गर्नपर्ने कारणले ३ दिनको लागि रोकेको बताए । उनले १५ गते पश्चात हेटौँडाको मेनरोड, सिमाचौक र पिपलबोट रोडमा सडक फराकिलो पार्ने अभियानको सुरुवात गर्ने तयारी गरिएको जनाएको छ । लामिछानेले आज १२ गतेको सर्वोच्चको फैसला पश्चात अझ आक्रमक ढंगबाट एकैपटक आधा दर्जन स्थानबाट विस्तारको काम गर्ने तयारी गरेको बताए । सडक फराकिलो पार्ने कामलाई चाँडो सम्पन्न गर्दै सडक निर्माणको लागि सहज वातावरण बनाउनको लागि पनि आफुहरु गम्भिर भएको बताउँदै डिभिजन सडक कार्यालयले सर्वोच्च अदालतको फैसला पश्चात कामलाई तिब्र गतिमा लैजाने जनाए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here