आज तीजको दर खाने दिन

47
Want create site? Find Free WordPress Themes and plugins.

भदौ १८ – भाद्र शुक्लपक्षको द्वितिया तिथि, शनिबार तीजको दर खाने दिन । यस दिन माइतीमा गएर खाने परिकारलाई दरको भन्ने गरिन्छ । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितले सुयोग्य पतिको माग गर्दै तिजको दिन निराहार व्रत बस्न अघिल्लो दिन राति दर खाने चलन छ । अघिल्लो दिन माछामासु बाहेक चोखो चिज खाएर तीजको दिन निराहार व्रत बस्ने चलन भएपनि केहिसमय यता यो क्रम फेरिन थालेको छ । दरमा विशेषगरी खिर, ढकने, सेलरोटी लगायत खाने गरिन्छ । ठाउँ अनुसार दरखाने परिकार पनि फरक फरक छन् । तीज खासगरी पहाडी मूलका हिन्दू धर्माबलम्बि महिलाले मनाउने भएपनि अहिले अरु समुदायका महिलाले पनि तीज मनाउन थालेका छन् । यसैबिच, सामानको भाउ बढेकाले यसपालीको दर पोहोरपरार भन्दा महंगो हुने भएको छ । दूध दही, घिउ, चामल दाल गेडागुडी, तरकारी, लगायत दरका लागि आवश्यक पर्ने सामग्री तथा माछामासुको पनि भाउ बढेकाले दर महंगो हुनेभएको हो ।   बजारमा तरकारीको भाउ पोहोरभन्दा २० देखि २५ प्रतिशतले बढेको छ । पोहोर २८ रुपैयाँ प्याकेटमा पाइने दूध अहिले ३२ देखि ३६ रुपैयाँ पुगेको छ । त्यस्तै घिउ किलोको ७ सय ५०, चिनी किलोको ९० रुपैयाँ पुगेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here