आज हेटौँडामा म्यूजिकल नाईट : चर्चित कलाकारहरुको प्रस्तुति

8
Want create site? Find Free WordPress Themes and plugins.

पुष,२१-

नेपालको सातै प्रदेशमा गरिने म्युजिकल नाईटको शुरुवात आज हेटौंडाबाट हुँदैछ ।नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतको चलचित्र तथा मनोरञ्जन फोरमले म्युजिकल नाईट आयोजना गर्दैछ । कार्यक्रममा कलाकारहरु आकाश अधिकारी, नायिकाहरु निरुता सिंह, श्वेता खड्का, नीता ढुङ्गाना, यशराज गराच लगाएतले नृत्य प्रस्तुत गर्नेछन् । हाँस्य कलाकारहरु जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’ले कमेडी प्रस्तुत गर्ने कार्यक्रममा गायिका अञ्जु पन्त, गायकहरु राजनराज शिवाकोटी, युवराज चौलागाई लगाएतले प्रस्तुती दिनेछन् ।

प्रतिव्यक्ति २ हजार ५ सय टिकट शुल्क तोकिएको कार्यक्रमको मुख्य प्रायोजकमा टैन्सवर्ग बियर, सहप्रायोजकमा सीताराम दुध र राजहंस घिउ र तेल रहेको छ । मकवानपुर उद्योग बाणिज्य संघ सहआयोजक रहेको कार्यक्रमबाट गीत, संगीत र फिल्म उद्योगलाई दर्शकसँग प्रत्यक्ष जोड्दै देशैभर नेपाली कला एवम् कलाकारको सम्मानको माहौल बनाउने लक्ष्यपनि राखिएको छ । नेपाली चलचित्र तथा गीत, संगीत क्षेत्रको प्रवद्र्धन, गीत तथा संगीतका माध्यमबाट स्थानीय आर्थिक गतिविधी विस्तार गर्ने उदेश्यले कार्यक्रम गर्न लागिएको हो । यस कार्यक्रमबाट संकलित रकम प्राकृतिक प्रकोप राहत उद्धार कोषमा समेत जम्मा हुनेछ । कार्यक्रम आज साँझ रिगल हेटौंडा रिसोर्टमा हुनेछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here