आज हेटौँडेलीहरुसँगै बसेर चलचित्र हेर्न ‘म यस्तो गीत गाउँछु’ टोली हेटौँडा आउने

22
Want create site? Find Free WordPress Themes and plugins.

साउन,७-

गत शुक्रबारदेखि देशव्यापी प्रदर्शन भइरहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’को टोली आज हेटौँडा आउने भएका छन् । हेटौँडाको ओम्याक्स सिनेमामा दर्शकहरुसँगै बसेर चलचित्र हेर्ने गरी ‘म यस्तो गीत गाउँछु’ टोली हेटौँडा आउने भएको हो ।
प्रदर्शनमा आएसँगै सफलता पाइरहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’को खुसीयाली साट्नको लागि देशव्यापी दौड्हानमा रहेको चलचित्र टोली आज ओम्याक्स सिनेमामा आउन लागेको ओम्याक्स सिनेमाका सञ्चालक एवम् चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनले बताए । म यस्तो गीत गाउँछु सफल भएपछि निर्देशक सुदर्शन थापा,नायक पल शाह,नायिका पूजा शर्मा, कलाकार राजाराम पौडेलको टीम मोफसल दौडमा निस्किएको छ । आज निर्देशक थापासहितको टोलीले हेटौँडेली दर्शकहरुसँग बसेर चलचित्र हेर्नेछन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here