आठ बर्षकी प्रीशाले गाइन् मन छुने गीत

34
Want create site? Find Free WordPress Themes and plugins.

आउँदो साउन महिनाबाट ८ बर्षमा प्रवेश गर्न लागेकी गायिका प्रीशाको स्वरमा समावेश एक गीत सार्वजनिक भएको छ । ‘जति माया लाग्छ मामुको’ बोलको गीतलाई प्रीशाले मन छुने तरिकाले गाएकी छिन् ।

आमा र बाबु अलग बस्दा साना बालबालिकामा पर्ने मनोवैज्ञानिक असरलाई यो गीतमा उठान गरिएको छ । गीतमा प्रकाश सुवेदीले शब्द कोरेका छन् । प्रकाशले यसअघि पनि केही गीतमा शब्द कोरिसकेका छन् ।

बाबु र आमा अलग बस्नु हुँदैन, यसले साना बालबालिकालाई असर गर्छ भन्ने भावलाई प्रकाशले मर्मस्पर्शी शब्द मार्फत प्रस्ट्याउने प्रयास गरेका छन् । गीतमा बसन्त सापकोटाको संगीत छ ।

रमेश वावा नेपालको निर्देशनमा तयार भएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने धिरज जंग शाहको छायांकन छ । गायिका प्रीशाले वैशाख महिनामा ‘प्रीशा’ एल्बम बजारमा ल्याउने तयारी पनि गरेकी छिन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here