आफ्नो नाम बिगारेको भन्दै प्रधानमन्त्रीको आपत्ति

218
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,११ –

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार माध्यमले आफ्नो नाम बिगारेर प्रस्तुत गर्ने गरेको भन्दै आपत्ति जनाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रेस सेन्टर नेपालको केन्द्रिय समितिको बैठकमा उहाँले भन्नुभयो ‘मेरो राहदानी, नागरिकता, राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र, मन्त्रिपरिषद्को बैठकमा गर्ने हस्ताक्षर, प्रमुख राजनीतिक दलको बैठकमा गर्ने हस्ताक्षरमा समेत ‘प्रचण्ड’ लेख्ने गरेको छु । तर सञ्चार माध्यमले किन मेरो नाम बिर्गाछ यो मैले बुझ्न सकेको छैन ।’  उहाँले प्रचण्ड क्रान्ति, परिवर्तनको नाम भएकाले केही सञ्चार माध्यमलाई स्वीकार गर्न गाह्रो भएको बताउनुभयो । सरकारी सञ्चार माध्यमले समेत आफ्नो नाम बिगारेको भन्दै उहाँले सूचना तथा सञ्चारमन्त्रीलाई किन त्यस्तो भइरहेको छ भन्दै तत्काल निरुपण गर्न निर्देशन दिनुभयो ।  उहाँले सञ्चारकर्मीको समस्या समाधान गर्ने केही ठोस योजनाका साथ सरकार अगाडि बढेको र केही दिनभित्रै परिणामसमेत निस्कने बताउनुभयो ।  उहाँले संविधान कार्यान्वयन र नयाँ निर्वाचनका लागि सरकार प्रतिबद्ध रहेको र त्यसका लागि आवश्यक तयारीमा जुटेको पनि बताउनुभएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here