आमाको हत्या गरी फरार वीरबहादुर समातिए

28
Want create site? Find Free WordPress Themes and plugins.

असोज,७ बृद्धा आमाको हत्या गरी फरार भएका छोरा पक्राउ गरेका छन् । गुल्मीको दिरबुङ गाविसमा आफ्नी आमाको हत्या गरेर फरार बनेका ४१ वर्षीय वीरबहादुर काउछा पक्राउ परेका हुन् । काउछाले गत वुधवार राति आफ्नै घरमा सुतिरहेकी ७१ वर्षीया आमा मोती काउछाको कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए । आमाको हत्या गरी फरार बनेका काउछालाई स्थानीयको गोठमा लुकेर वसेको अवस्थामा इलाका प्रहरी कार्यालय शान्तिपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । दैनिक मदिरा सेवन गर्ने वानी भएका काउछाले के कारणले आमाको हत्या गरेका हुन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनिल खत्री र अनलाईन खबरको सहयोगमा

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here