आमिर खानले बाणी कपुरमाथि आपत्ती जनाएपछि

57
Want create site? Find Free WordPress Themes and plugins.
बलिउड नायक आमिर खानले आफू नयाँ चलचित्रमा अमिताभ बच्चनसँग काम गर्न लागेको घोषणा गरेका छन् । ‘थ्री इडियट, पीके’ जस्ता सफल एवं करोडौ कमाइ गर्न सफल चलचित्र बनाएका आमिरले ट्वीट गर्दै बच्चनसँग काम गर्न लागेको घोषणा गरेका हुन् । उनले लेखेका छन्-‘आखिर यो घडी आईपुग्यो, जुन कुरा मैले प्रतिक्षा गरिरहेको थिएँ । मैले जीन्दगीभर उनको कामको प्रसंसा गरिरहेँ, म निकै उत्साहित छु ।’ यशराज ब्यानरमा बन्ने ‘ठग्स अफ हिन्दुस्तान’ मा पहिलो पटक अमिताभ र आमिरले सँगै काम गर्न लागेका हुन् ।विजय कृष्ण आचार्यले यो चलचित्र निर्देशन गर्न लागेका हुन् । चलचित्रमा नायिका को हुने अहिलेसम्म टुंगिएको छैन । निर्माता आदित्य चोपडाले भित्री रुपमा नायिका बाणी कपुरलाई चलचित्र लिने तयारी गरेका थिए । तर, जब, बाणीको बिषयमा आमिरले सुइको पायो, आदित्यलाई दबाब दिन थालेका छन् । आमिरले आफू र अमिताभको स्टारडमको अगाडि बाणी नयाँ भएको भन्दै उनलाई नलिन आदित्यलाई दबाब दिएका छन् । आदित्यले बाणीलाई लिने निर्णय ‘वेफिक्रे’ नामक चलचित्रको समयमा नै गरेका थिए । तर, आमिरले भनिसकेपछि आदित्य पनि सोच्न वाध्य बनेका छन् । सन् २०१८ को दिवालीमा चलचित्र रिलिज गर्ने निर्माण पक्षको योजना छ ।
Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here