आयल निगमले भन्यो– मुल्य बृद्धि फिर्ता हुँदैन

100
Want create site? Find Free WordPress Themes and plugins.

पुष,२१-

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नहुने स्पष्ट पारेको छ । निगमका प्रवक्ता दिपक बरालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नसकिने प्रष्टयाएका हुन् । पछिल्लो पटक वृद्धि गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन चौतर्फी दिईरहँदा निगमले भने त्यसो गर्न नसकिने अडान लिएको हो । शुक्रबार काठमाडांैमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता बरालले अन्तराष्ट्रिय मापदण्ड अनुसार वृद्धि गरिएको मूल्य फिर्ता लिन नमिल्ने तर्क गरे ।

उनले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएमा भने निगम मान्न  बाध्य हुने बताए ।
नेपाल आयल निगमले जाडो याम सुरु भएसँगै खाना पकाउने एलपी ग्याँसको माग बढेकाले बजारमा यसको मूल्य बढन गएको पनि जनाएको छ । निगमका प्रवक्ता बरालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि अन्तराष्ट्रिय मूल्यसँग सम्बन्धित भएकाले निगम एक्लैले केही गर्न नसक्ने पनि बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here