आरआर क्याम्पसमा पेट्रोल बम प्रहार

51
Want create site? Find Free WordPress Themes and plugins.

चैत,१५–

स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव भइरहेको काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा तनाव भएको छ । चुनावको विपक्षमा रहेकाले पेट्रोल बम प्रहार गरेका छन् । अहिले त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ । पद्यमोदय मोडदेखि नै सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । तनावका बिच स्ववियुको चुनावको मतदान भने भइरहेको छ । चैत २ गते सर्वोच्च अदालतको आदेश अनुसार आरआरमा चुनाव भइरहेको हो । मतदान बेलुका ५ बजेसम्म गर्न सकिने क्याम्पस प्रशासनले जनाएको छ । चुनावको विरोधमा रहेका अखिल क्रान्तिकारी, नेविसंघ लगायत विभिन्न १० विद्यार्थी संगठनले भने चुनाव बहिस्कार गरेका छन् । यसअघि विद्यार्थी संगठनको विरोधकै कारण आरआरमा चुनाव स्थगित भएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here