इटहरीको यातायात कार्यालयमा ग्लोबल बैकको नक्कली बिल बनाउँदै सेवाग्राही ठग्दै

94
Want create site? Find Free WordPress Themes and plugins.

असार,२४-

कार्यालय प्रमुख सहित थुप्रै अधिकारी विरुद्ध अख्तियारमा मुज्ञा पर्दा समेत कोशी अञ्चल यातायात व्यवस्था सवारी कार्यलयमा राजश्व हिनामिना अझै नरोकिएको पाइएको छ । ग्लोबल आईएमई बैकको नक्कली बिल प्रयोग गरी सर्वसाधरण ठगिएको घट्ना पुनः बाहिर आएको छ । सेवाग्राहीको काम गर्दा दलालहरुले कर्मचारीहरुकै मिलोमतोमा नक्कली बिलमार्फत अबैध धन्दा भईरहेको खुलसा भएको प्रहरीले नै बताएको छ ।

 

बिहीवार इलाका प्रहरी कार्यलय इटहरीले एउटै बिल नम्वर, एउटै राजश्व नम्बर प्रयोग गरी सर्वसाधरण सेवाग्राहीलाई ठगी गरेको भन्दै स्याका टेनिङ प्रालि र नेपाल जनरल मार्केट प्रालिमा काम गर्ने लेखन्दास अमितकुमार चौधरीलाई पक्राउ गरेसँगै यातायातमा राजश्व हिनामिना धन्दा अझै बन्द नभएको पुष्टि भएको हो । यसमा यातायातका कर्मचारीको पनि संलग्नता हुन सक्ने प्रहरीको आशंका छ । उक्त कम्पनीका सञ्चालक पुण्यप्रसाद पौडेलले लामो समयदेखि यसरी नै धन्दा गराउँदै आएको पक्राउ परेका चौधरीले वयान दिएका छन । ग्लोबल बैंकको ४४७९३०५ नम्बरको दुई वटा बिलमा बैंकको राजश्व २१३९७१ नम्बरमा इन्ट्री भएको छ । इनरुवाका रामनारायण मण्डलले ९८०४३०७६९६ नम्वरमा ड्राफ्ट गरेको भए पनि उक्त बिलमा एउटामा थोरै रकम र अर्कोमा धेरै रकम देखाएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी नरेश सुवेदीले बताए । सुवेदीले भने ग्लोवल बैकको बिल र यातायात कार्यलयको छाप समेत किर्ते गरी सेवाग्राहीलाई झुक्याउने गरेको रहेछन् । ग्ााडीको नामीकरणको लागि सेवाग्राही मेहेताको नामको २५ प ९०१५ नम्बरको मोटरसाईकल र को १५ प ८४१३ नम्वरको मोटरसाइकल नम्बर फरक-फरक देखाएको छ । ‘दुबै बिलमा उक्त मोटरसाईकल नम्बर मात्र फरक छ,’ डिएसपी सुवेदीले भने । सेवाग्राही ठग्नेविरुद्ध कडा कारवाही गर्ने भन्दै उनले यातायात कार्यलय आसपासमा दलालहरुको बिगबिगी भइरहेको वताए । कार्यालय आसपासमा सेवाग्राही ठग्नेहरु बढेको भन्दै उनले प्रहरीले नियन्त्रण गर्ने बताए । माओवादी केन्द्रका केन्दि्रय सदस्य एंव इटहरीका युवा नेता मदन चुडालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम चित्त वुझ्दो नभएको भन्दै सरकारको करोडौं राजश्व हिनामिना गर्नेलाई पक्राउ गर्ने नसकेको आरोप लगाए ।

यातायात कार्यलय सवारीको अबैध धन्दामा अन्य प्रशासन समेत मौन बस्दै आएको भन्दै मिलमतोको कारण सँधै भर एउटै समस्या भएको उनको आरोप थियो । ‘यातायातको अबैध धन्दा तत्काल रोकियोस्’ उनले भनेे ।

यातायात कार्यलय कोशीका निमिक्त प्रमुख भुपेन्द्र राईले लेखन्दासहरुले सेवाग्राहीलाई ठगि गरेको बताए । एउटै किलमा ३ हजार र ६ हजार रुपैयाँ नविकरणको लागि लिएको भन्दै उनीहरुलाई कारवाही गर्ने बताए । उनले लामो समयदेखि हिसाव नमिलेको कारण समस्या भईरहेको कारण पत्ता लगाउँदै गएको उनको भनाइ थियो । ‘हामीले अहिले राजश्वको विषयमा कडाई गर्ने थालेका छौं’ उनले थपे । राजश्व हिनामिना प्रकरणमा अख्तियारले यातायात कार्यालय सवारीका तत्कालीन प्रमुख रमेशप्रसाद दाहालविरुद्ध १२ करोड ३० लाख, उपसचिव विष्णुप्रसाद पौडेलविरुद्ध २३ करोड ७७ लाख र अर्का उपसचिव नयराज नेपालविरुद्ध २५ करोड १३ लाख रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्धा चलाएको छ । लेखा अधिकृत कुमारबहादुर कटुवालविरुद्ध २ करोड १४ लाख र टीकाराम अधिकारीविरुद्ध ५७ करोड २५ लाख, लेखापाल सुरेश अधिकारीविरुद्ध कुल बिगोको सबै हिस्सा अर्थात् ६१ करोड २१ लाख रुपैयाँ र देवराज नेपालमाथि ४५ करोड ६१ लाख र रूद्रप्रसाद दाहालविरुद्ध २१ करोड ६३ लाख रुपैयाँ बिगो मागदाबी सहित विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरिसकेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here