इतिहासकै कालो बर्ष रहयो यो २०७२,

101
Want create site? Find Free WordPress Themes and plugins.

इतिहासकै कालो बर्ष रहयो यो २०७२,
आज बर्षको अन्तिम दिन पनि निर्दोष नेपालीलाई यो कालो दिनले छोडेन ।
खोटाङ दिक्तेलबाट यात्रु लिएर काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस आज बिहान अर्खौलेको बर्खेटारमा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।
बा२ख ६३७६ नंको यात्रुबाहक बस साँघुरो बाटो रहेको बर्खेटारमा बिहान साढे ८ बजे सडकबाट करिब ५०० मि तल नदेखिने ठाउँमा खसेको थियो। बसमा सुरुमा २८ यात्रु भएकामा बीच बाटामा थपिएकाहरु समेत गरी करिब ७० जना यात्र गरिरहेका थिए ।
सशस्त्र प्रहरी र स्थानीयवासीले ३१ जना घाइतेको उद्धार गरी हलेसी स्वास्थ्य चौकीमा पुर्याएका छन् । अधिकांश घाइतेको अवस्था गम्भीर रहेको खोटाङ जिल्ला प्रहरी कार्यालयले जानएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here