Want create site? Find Free WordPress Themes and plugins.

माघ,२१-
हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५ मिटर क्षेत्रका वासिन्दाले दिएको रिट निवेदनको उपर उच्च अदालत पाटन, हेटौँडा इजलासले आदेश जारी गरिएको छ ।  उच्च अदालत पाटन, हेटौँडाका न्यायधिसहरु बाबुराम रेग्मी र नागेन्द्रलाभ कर्णले आदेश जारी गर्दै ९ जनाले दिएको छुट्छुटै रिट निवेदनको अनुसार तत्काल घर भत्काउन रोक्न नपर्ने भनेका छन् ।
आदेशको विषयमा जानकारी दिँदै उच्च अदालत पाटन, हेटौँडा इजालासका प्रवक्ता बद्रीप्रसाद लामीछानेले हेटौँडाका कृष्ण प्रणामी मन्दीर परिषर, मन शाही लगाएत ९ जनाको छुटाछुटै रिट निवेदन उपर आदेश जारी गर्दै तत्काल भत्काउन रोक्न नपर्ने आदेस जारी गरेको बताए ।  निवेदकको माग हाललाई भत्काउन लाग्यो, त्यसलाई रोकि पाउँ भनि गरेको निवेदन उपर अदालतले भत्काउन रोक्न पर्दैन भन्ने फैसला गरेपछि सडक डिभिजनले अब के गर्छ भन्ने विषयले चर्चा पाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here