उत्तरी क्षेत्रका सडक लाईनका होटल तथा पसलहरुको अनुगमन

42
Want create site? Find Free WordPress Themes and plugins.

असार १०, हेटौँडा
संयुक्त बजार अनुगमन टोलिले मकवानपुरको उत्तरी क्षेत्र भिमफेदी देखि सिस्नेरी सम्मका सडक लाईनका होटल तथा पसलहरुमा खाद्य स्वच्छता सम्बन्धि अनुगमन गरेको छ ।
क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेृेटौंडाको अगुवाईमा गएको टोलिले भिमफेदी देखि सिस्नेरी सम्मका सडक लाईनमा सञ्चालनमा रहेको ३० वटा होटल तथा करीब ४० वटा पसलहरुको अनुगमन गरेको छ । अनुगमनमा अधिकाँश सडक लाईनका होटलहरुले भान्छाको सरसफाईमा ध्यान नदिएकोपाईएको छ । यसैगरी कुलेखानी हेभि होटलको फ्रिजबाट करीब ३० केजी दुर्गन्धित मासु अनुगमन टोलिले जफत गरेको छ । दुर्गन्धित उपभोग्यहिन मासु प्रयोग गरी उपभोक्ताको स्वास्थमाथि खेलबाड गरेको भन्दै २४ घण्टाभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन पत्र समेत काटेको छ । यसैगरी सडक लाईनका पसलहरुबाट उपभोग्य मिति सकिएका बिक्रीका लागी राखिएको पेय पदार्थ तथा खाद्य सामाग्री जफत गरेको छ ।अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालयका मदन श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालयका प्रणय अर्याल, मकवानपुर होटल एशोसियसनका उपाध्यक्ष शालिकराम शर्मा, महासचिब शँकरलाल श्रेष्ठ, उपभोक्ता हकहित संरक्षण मञ्चका सचिब बासु खतिवडा, राष्ट्रिय उपभोक्ता सुंरक्षण मञ्त्रका सचिब मनोजकुमार अग्रवाल लगाएत सञ्चारकर्मीहरुको सहभागीता थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here