उत्तर कोरियाले गरेको आणविक परीक्षणप्रति नेपालको विरोध

33
Want create site? Find Free WordPress Themes and plugins.

भदौ २७ – जनगणतन्त्र उत्तर कोरियाले हालै गरेको आणविक परीक्षणका सन्दर्भमा नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले परराष्ट्र मन्त्रालयमार्फत सोमबार एक विज्ञप्ति जारी गरी संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय समुदायको अवज्ञा गर्दै कोरियाले गरेको उक्त परीक्षणप्रति विरोध जनाएको हो ।  सबै किसिमका आमविनाशकारी हतियारको पूर्ण निशस्त्रीकरणमा नेपालले लिएको स्थिर नीतिअनुसार त्यस्ताखाले परीक्षणको विरुद्धमा रहने विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल सरकारले कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताको कामना गर्दै यस्ता गतिविधि रोक्न कोरियाली सरकारसँग आग्रह समेत गरेको छ । – रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here