उदयपुरमा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

32
Want create site? Find Free WordPress Themes and plugins.

असोज ७ – उदयपुरमा चट्याङले लागेर शुक्रबार एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । दिउँसो वस्तु चराउन गएका त्रियुगा नगरपालिका–६ खैजनपुरका ५० वर्षे वुचन चौधरीको चट्याङ लागेर घटनास्थलमै ज्यान गएको हो । चौधरीसँगै रहेका ५५ वर्षे लखन चौधरी र ५६ वर्षे तिलचन चौधरी घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले जानकारी दिनुभयो । घाइते दुबै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । तीन दिनअघि पनि चट्याङले लागेर उदयपुरको सिद्धिपुर गाबिसका दुई जनाको ज्यान गएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here