उद्योगमन्त्री र चिनियाँ वाणिज्यमन्त्रीबीच भेटवार्ता

39
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक,३ v

उद्योग मन्त्री नवीन्द्रराज जोशी र चीन सरकारका उद्योग वाणिज्यको प्रशासन मन्त्री झाङ माओबीच उद्योग मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल-चीन सम्बन्ध र नेपालको समग्र आर्थिक विकासमा चिनियाँ सहयोगका विषयमा छलफल भएको उद्योगमन्त्री जोशीले बताए । उद्योगमन्त्री जोशीले संविधान निर्माणपछिको अहिलेको अवस्थामा नेपालका सबै राजनीतिक दलहरुको ध्यान आर्थिक समृद्धितर्फ गएको भन्दै नेपालमा लगानीको वातारण तयार भएको चिनियाँ मन्त्रीलाई स्पष्ट पारेको थिए । लगानीलाई संरक्षण गर्न उद्योग मन्त्रालयले अहिले कानुनी रुपमा नै प्रत्याभूति दिने तरिकारले अगाडि बढीरहेको जानकारी दिँदै उद्योगमन्त्री जोशीले यस क्रममा आफ्नो मन्त्रालयले विशेष आर्थिक क्षेत्र (सेज)सम्बन्धी ऐन, औद्योगिक व्यावसाय प्रवर्द्धनसम्बन्धी ऐन संसद्बाट पारित गरि कार्यान्वयमा ल्याउने चरणमा रहेको बताए । उनले कम्पनी ऐन, वैदेशीक लगानीसम्बन्धी ऐन र बौद्धिकसम्बन्धी ऐन छिट्टै संसद्बाट पारित गराउने प्रकृयामा उद्योग मन्त्रालय लागिरहेको उल्लेख गरे । उद्योगमन्त्री जोशीले नेपालले निर्माण गर्न लागेको विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माणमा चिनियाँ सहयोगका लागि आग्रह समेत गरे । भेटमा चिनियाँ मन्त्री झाङले नेपालमा लगानी गर्न चिनीया लगानीकर्ता इच्छुक रहेको बताउँदै त्यसका लागि लगानी संरक्षण सुनिश्चिताका विषमया जिज्ञासा राखेको थिए । चीनले गरेको आर्थिक उन्नतीबाट नेपालले पनि प्रशस्तै फाइदा लिन सक्ने भन्दै मन्त्री झाङले औद्योगिक क्षेत्रमा चीनले हासिल गरेको विज्ञतालाई नेपाले उपयोग गर्न सक्ने बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here