उद्योग वाणिज्य संघको प्रयासमा बन्द उद्योग आजबाट खुल्यो

37
Want create site? Find Free WordPress Themes and plugins.

असार,२५-
विगत केही महिना देखि हेटौंडा औद्योगिक क्षेत्रमा मजदुर र व्यवस्थापकका बीचको विवादको कारण बन्द रहेको प्रोजियोकेम प्रा.लि आज आईतबार देखि पुन सञ्चालनमा आएको छ । मकवानपुर उद्योग वाणिज्य संघमा हिजो बसेको उद्योग व्यवस्थापन र मजदुर प्रतिनिधिका बीचको सहमति पश्चात उद्योग सञ्चालनमा आएको हो । गत माघ २६ गते उद्योग व्यवस्थापन समक्ष विभिन्न शीर्षकमा आफ्ना माग सम्बोधन गर्न अनुरोध गर्दै व्यवस्थापनलाई ज्ञापन पत्र बुझाएकोमा आफ्ना माग सम्बोधन नगरेको भन्दै गत जेष्ठ महिना पहिलो साता पछि सो उद्योगमा मजदुर तथा कामदारहरुले उद्योग सञ्चालनमा रोक लगाएका थिए ।

संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा बसेको दई पक्षीय वार्तामा श्रम ऐन अनुसारको नियुक्ति, बोनस, कामदार बर्गीकरण, बार्षिक विदा लगायतका शीर्षकलाई श्रम ऐन अनुसार आउँदो श्रावण १ गतेबाट  कार्यान्वयन गर्ने उद्योगले सहमति जनाए पछि आजबाट उद्योग सञ्चालन हुने भएको हो । सहमतिमा नेपाल सरकारले अबको दुई बर्ष भित्र गर्ने मजदुरहरुको तलब बृद्धिमा समायोजन हुने गरी हालको पारिश्रमिकमा मासिक एक हजार तीनसय बृद्धि गरेको छ । यसै गरी सहमति पत्रमा उद्योग परिसर भित्रका सेक्टर, शाखाहरुमा आवश्यक परेमा कामदारलाई अदली बदली गर्ने विषयमा समेत सहमति भएको छ भने कतिपय मागका विषयमा दुबै पक्षले आ–आफ्नो तर्फबाट श्रम कार्यालयमा निवेदन दिने र श्रम कार्यालयको निर्णय दुबै पक्षलाई मान्य हुने समेत उल्लेख गरिएका छन् ।

वार्ता टोलीमा नेपाल कारखाना श्रमिक संघका जिल्ला अध्यक्ष वीरेन्द्र लामा, उद्योगको तर्फबाट सञ्जय जोशी, सोचन प्रसाद यादब, शैलेश लामिछाने, ओम प्रकाश बैठाको उपस्थिति रहेको थियो भने मजदुरका तर्फबाट सविन मगर, रामचन्द्र तिमल्सिना, मोहन गौतम, कुल प्रसाद गौतम, देबीबहादुर घिमिरेको सहभागिता रहेको थियो । स्थानीय संघ संस्थाहरुको अगुवाईमा यस अघि विभिन्न चरणमा भएका सहमति प्रयास विफल हुदै आएको थियो । संघमा अपरान्ह ४ बजे देखि सहमतिका लागि गरिएको प्रयास राति ११ बजे सफल भएको थियो । यस अघि पनि मकवानपुर उद्योग वाणिज्य संघले उद्योग व्यवस्थापन र मजदुरहरुका विभिन्न उद्योगको विवादलाई सहमतीय प्रयासमा सफलता पाउँदै आएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here